कक्षा १२ को परीक्षामा आफ्नो विद्यालय उत्कृष्ट भएको पर्वतको विद्यालयको दाबी




पर्वत,भदौ १९ ।

पर्वतको भवानी विद्यापीठ उच्च माध्यमिक विद्यालय खानीगाउँले यसवर्ष कक्षा १२ को परीक्षामा समुदायिक विद्यालयतर्फ देशभरमै उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । उच्च माध्यमिक शिक्षा परिषदले हालै प्रकाशन गरेको परीक्षाफलमा विद्यालयबाट ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय स्तरमा जम्मा ३८ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि आफ्नो विद्यालयले ८२ प्रतिशत नतीजा ल्याएर समुदायिक विद्यालयतर्फ देशमै उत्कृष्ट भएको दावी गरेको हो । विद्यालयबाट परीक्षा दिएका ६० मध्ये मध्ये १ जना विशिष्ट श्रेणी, २१ जाना पहिलो श्रेणी र २७ जना दोश्रो श्रेणीमा गरी जम्मा ४९ जना उत्तिर्ण भएको शिक्षक नरनाथ सापकोटाले जानकारी दिनुभयो ।

Related

विविध 1861469164362900344

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item