पदत्याग नगर्दासम्म निकास आउँदैन




कोइराला/ओली भेटबार्ता

काठमाडौं, भदौं १९  । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले वरिष्ठ नेता केपी ओलीवीच आज भेटबार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटबार्ताका क्रममा मुलुकको पछिल्लो राजनीतिक गतिरोधको निकासका बारेमा छलफल भएको हो ।

भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता ओलीले गतिरोध अन्त्यका बारमा कांग्रेस सभापतिसँग परामर्श भएको बताए । उनले भने, ‘सहमति खोज्ने बारेमा कुराकानी भएको हो ।’ कोइलारालका प्रेस सल्लाहाकार विपुल पोखरेलका अनुसार मुलुकको गतिरोध छिटो अन्त्य गर्ने बारेमा दुई नेतावीच परामर्श भएको बताए ।

सभापति कोइराला र नेता ओलीवीच राजनीतिक गतिरोध अन्त्यका लागि कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगर्दासम्म एमाओवादीले अघि सारेका बिल्पमा जन नसकिने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले पदत्याग गरेर मार्ग प्रसस्त गरे पछि संविधानसभा पुनःस्थापना गर्ने वा नयाँ निर्वाचनमा जाने भन्ने विषयमा छलफल गर्न सकिने छ ।

भदौं महिना भित्रै राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरुले प्रयास गर्ने सहमति गरेको केही समय लगत्तै आज सभापति कोइराला र नेता ओलीवीच भेटबार्ता भएको हो ।

Related

राष्ट्रिय 5172354137964347753

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item