बजार अनुगमन नहुदाँ काभ्रेमा उपभोक्ताहरु ठगिंदै

http://sindhulidarpan.blogspot.com/2012/09/news_5638.html
प्रकाश सुन्दास, काभ्रे,भदौ १९ ।
बजार अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले अनुगमनमा तदारुकता नदेखाउँदा काभ्रेमा उपभोक्ताहरु ठगिदैँ आएका छन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै व्यापारीहरुले आफु खुशी मूल्य निर्धारण गर्न थालेपछि उपभोक्ताहरु त्यसको मारमा परेका हुन् । काभ्रेलगायत मध्य पहाडी जिल्लाहरुकै प्रमूख ब्यापारीक केन्द्रको रुपमा विकास हुँदै गएको बनेपा बजारमा सबैभन्दा बढी उपभोक्ता ठगिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई निरन्तरता नदिदाँ उपभोक्ताहरु निकै समस्यामा परेको उपभोक्ता हित संरक्षण मञ्च काभ्रेका अध्यक्ष हरिशरण दाहालले बताउनुभयो । जिल्लाको सदरमुकाम धुलिखेल, पनौती, भकुण्डे, पाँचखाल, दोलालघाटलगायत मुख्यमुख्य बजार क्षेत्रहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा एकारुपता नहुदाँ सर्वसाधारण नागरिकहरु मर्कामा परेका छन् । आफुहरुले काला बजारी भइरहेको सुचना स्थानीय प्रशासनलाई पटकपटक दिए पनि नियन्त्रणका पक्षमा अहिले कुनै पहल नभएको संरक्षण मञ्चका अध्यक्ष दाहालले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !