विद्युत प्रसारण लाइनको ज्याजती भन्दै सिन्धुलीमा तनाव



सिन्धुली,कात्तिक २७ । 
हिजोदेखि शुरू भएको खिम्ती–सिन्धुली–ढल्केवर २ सय २० के.बि. विद्युत प्रसारण लाइनको सर्वे स्थानीयको अवरोधका कारण रोकिएपनि प्रहरी प्रशासनको सुरक्षावीच आज सुचारु भएको छ ।  परियोजनाले उचित मुआप्जा नदिएकाले परियोजनाको सर्वे कार्य रोक्न बाध्य भएको स्थानीयले वताएपनि आज विहान सर्वे कार्य सुचारु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यसैवीच सर्वे कार्यमा अवरोध पुर्याएको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ भने संघर्ष समितिले भने ९ जनालाई पक्राउ गरेको वताएको छ । संघर्ष समितिले अहिले माझिटार क्षेत्र वन्द गरिरहेको छ । त्यस्तै माडिवजारको शान्ति नगरचोकमा टायर वालेर यातायात वन्द गराएको छ । सर्वे कार्य नरोकिए र प्रहरीको नियन्त्रणमा भएकाहरुलाई नछोडेसम्म वन्द नखुल्ने संघर्ष समितिकी अम्वीका मगरले जानकारी दिनुभयो ।
 हिजो परियोजनाको प्राविधिक सहितको टोली कनपा ७ स्थित वर्देउटार डाँडाटोलमा सर्वेका लागि पुग्दा स्थानीय जनताहरूले सर्वे स्थलमा सुतेर अवरोध गरेका थिए । सर्वे कार्यमा सहयोगका लागि परियोजनाले सुरक्षाको माग गरेपछि परियोजनाको विवाधित स्थलमा सुरक्षाकर्मी पठाएको प्रमुख जिल्ला अधिकारी केशव आचार्यले बताउनु भयो ।

 आज विहान सुचारु गरिएको सर्वेकार्यमा सामान्य अवरोध आएको भएपनि उनिहरुलाई सम्झाई वुझाई गरेर अवस्था सामान्य पारिएको सिन्धुलीका प्रहरी निरिक्षक दिलिप झाले जानकारी दिनुभयो । तर सर्वे कार्यमा अवरोध पुर्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई भने तत्कालै नछोडिने प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईको भनाई छ ।

Related

स्थानिय 3982388073655397580

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item