यात्रुवाहक बस एकआपसमा ठोक्किंदा २ को मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/11/accident.html
सप्तरी,कात्तिक २३ ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पंसेरामा आज यात्रुवाहक २ वटा बस ठोक्किंदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाईते भएका छन् भने १२ जनाको अवस्था चिन्ताजनक छ । राजविराजवाट विरगञ्जतर्फ जादै गरेको ना४ख ६६३३ नं. को कालिका ट्राभल्स तथा काठमाण्डुबाट पुर्व जादै गरेको ना४ख ४५३५ नं. को देउराली यातायातको बस बिहान ठोक्किएको हो ।
दुर्घटनामा परेर कालिका ट्राभल्सका चालक राजविराज ८ निवासी ३६ वर्षिय रामचन्द्र गुप्ताको घटनास्थलमै र सोही बसका यात्रु राजविराज ७ निवासी ३५ वर्षिय दिनेश देवको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परि घाइते दुवै बसका यात्रुहरुलाई उपचारका लागि धरान, विराटनगर, लहान र राजविराज पठाइएको पनि प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !