बाराक ओबामा फेरि अमेरिकी राष्ट्रपतिमा निर्वाचित



काठमाण्डौ,कात्तिक २२ । 

शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिमा बाराक ओबामा फेरि निर्वाचित हुनुभएको छ । ४५ औं राष्ट्रपति चयनका लागि अमेरिकामा हिजो चुनाव भएको हो । कूल पाँच सय ३८ इलेक्टोरल मतमध्ये जितका लागि कम्तिमा दुई सय ७० मत आवश्यक पर्नेमा ओबामाको पक्षमा अहिलेसम्ममा नतिजाअनुसार दुई ८१ मत परेपछि उहाँ विजयी हुनुभएको हो ।

 डेमोक्रेटिक पार्टीका तर्फबाट ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेद्वार बन्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेद्वार मिट रोम्नीले अहिलेसम्ममा जम्मा दुई सय तीन मत पाउनुभएको छ । 

चुनावी परिणामअनुसार अमेरिकाको २५ राज्यमा ओबामाले अग्रता लिएको छ भने प्रतिद्वन्द्वी रोम्नी २३ राज्यमा अगाडि देखिनुभयो । दुई राज्यको मत परिणाम आउन बाँकी छ । अमेरिकाको विभिन्न सन्चारमाध्यमहरूले पनि यसअघि नै राष्ट्रपतिको चुनावमा ओबामाले नै जित्ने अड्कल गरेका थिए । 

चुनावको नतिजा वर्तमान राष्ट्रपति ओबामाको पक्षमा गएपछि उहाँका समर्थकहरूले अहिले अमेरिकाका विभिन्न सहरहरूमा खुसीयाली मनाइरहेका छन् । ओबामाले आउने जनवरीदेखि दोस्रो कार्यकालको जिम्मेवारी संहाल्नुहुने छ ।

Related

प्रमूखखबरहरु 6453799031255448006

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item