लडाकुलाई ५२ करोड वितरण
http://sindhulidarpan.blogspot.com/2012/11/army.html
चीना थापा, सिन्धुली कात्तिक २५ ।
स्ववैच्छिक अवकास रोजेका दुई नम्वर डिभिजनका माओवादीका पूर्व लडाकुहरुको दोस्रो किस्ताको रकम वितरणको काम सकिएको छ । माओवादी सेनाका लडाकुहरुको रेखदेख समायोजन तथा पुःस्र्थापना सम्वन्धी विशेष समितिको सचिवालयले ९ सय २१ जनालाई दोस्रो किस्ताको रकम वितरण गरेको जनाएको छ । समितिका सदस्य एवं दोस्रो शिविर प्रमुख रामानन्द मिश्रका अनुसार दोस्रो किस्ता अन्तर्गत तीनलाख ५० हजारका दरले तीन जनालाई, तीन लाखका दरले ६९ जनालाई र दुई लाख ५० हजारका दरले ८ सय ४९ पूर्व लडाकुलाई रकम वितरण गरिएको छ ।
दोस्रो किस्ताको रकम लिन बाँकी रहेका १३ जना सम्पर्कमा आएपछि काठमाडौँबाटै लिन सकिने व्यवस्था मिलाएकोसमेत उहाँले बताउनुभयो । विशेष समितिको सचिवालयबाट हालसम्म पहिलो किस्ता, दोस्रो किस्ता, मृतकका आफन्त र एकमुष्ठ गरि ५१ करोड ९४ लाख रकम वितरण गरिएको सम्मेलनमा जानकारी दिनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !