हाम्रो समाज र दृष्टिकोण



- चीना थापा, सिन्धुली

२०६७ सालमा सिन्धुलीको रतनचुरा गाविसकी  १३ वर्षीय (परिवर्तित नाम) सपना भुजेललाई सोही ठाउँका २० वर्षका  प्रकास भुजेलले पटक पटक यौन दुव्र्यवहार गरे । तर घट्ना भने बाहिर आउन सकेन । घर गाउँको मामला हो भनेर परिवारले उजुरी नै गरेन् भने पिडित सपनाले उजुरी हाल्छु भन्दा पनि दिएनन । कानुनी झमेला हुन्छ, मुद्धा मामिला गर्दा प्रमाण जुटाउनुपर्ने अप्ठ्यारो पनि त्यतिकै छ, घर समाजको कुरा हो , के वाहिर  ल्याउनु भनेर ढाकछोप गरिरहे  । यौनजन्य दुव्र्यवहारका मुद्धामा सार्वजनिक गर्दा समाजले साँचो कुरा नभनिदिने समस्या पनि त्यतिकै छ ।  एकातिर समाजमा कथित इज्जतका लागि पछि हट्नुपर्ने, अर्कोतर्फ मुद्धा हारियो भने बेइज्जत हुने र क्षतिपूर्ति पनि नपाईने । समाजमै कुरा मिल्यो भने क्षतिपूर्ति पनि पाईन्छ भनेर पनि मुद्धा मिलाउन पीडितका आफन्त, आमा समूहहरु तत्पर देखिन्छन् । मिलाएका पनि छन् । उनीहरुले अभियुक्तलाई विना छानविन सफाई दिन्छन् । जसले गर्दा जे गरे पनि हुन्छ । कानुनबाट दण्डित हुनुपर्दैन भन्ने संस्कार विकास भएको छ ।  


चीना थापा
पटक पटक एउटै व्यक्तिबाट यौनजन्य दुव्र्यवहार , यौन यातना तथा शोषणमा परेकी सपना भुजेलले भनिन् — गाई बाख्रा चराउन जङ्गल जादा, स्कुलल जादा मलाई यातना दिन्थ्यो , कसैलाई भनिस् भने झन बेइज्जत गर्दिनछु भन्थ्यो, त्यही भएर मैले कसैलाई पनि भन्न सकेकी थिईन । उसलाई देख्ने वित्तिकै मललाई डर लाग्थ्यो । मलाई डर त्रास देखायो, त्यसले गर्दा मैले सुरुमा त कसैलाई पनि भन्न सकीन् । पछि पछि भएपछि मलाई झन धेरै यातना दिन थाल्यो अनि मैले परिवारमा भने, उल्टै परिवारले पिडामा झन पिडा थपिदिने काम भयो । यस्ता कुरा बाहिर ल्याएर हाम्रो बेइज्जत गरेर समाजमा बस्न नदिने बनाईदिन लागेकी भने, म चुप लागे, बोले पनि सुन्ने कोही भएनन् उनले भावुक हुदै भनिनन् । स्कुल जाँदा साथीहरुले जिस्काउछन् , यसलाई त फलानोले यौनजन्य दुव्र्यवहार ,यातना तथा शोषण गर्छरे भनेर, सवैतिरबाट अपहेलना भएपछि स्कुल जान पनि छाडे, आफ्नो पढाइलाई निरन्तरता दिन सकिन्, पढाई छोडन बाध्य भए । मेरो लक्ष्य तथा सपनाहरु चकानाचुर गराइदियो ।  अब म केही गर्न सक्दिन, त्यस दिनहरु सम्झदा काली लागरे आउछ । एक वर्ष भन्दा बढी हुन लाग्यो अझै डर लाग्छ फेरी त्यस्तो गर्छकी भनेर, अझै विर्सन सकेकी छैन् , आँखा भरी आँसु पार्दै भनिनन् । त्यस्ता क्रूरलाई कानुनको दायरामा ल्याउन खोज्दा घर परिवारहरुले दिएनन् । हामीले मिलाई  सकेका छौ, त बेइजेतिले अब केही गर्नुपर्दैन भनेर झपारे, बोल्नै दिएनन् उनले गुनासो गरिन् । त्यस्तै २०६८ चैत १ गते सिन्धुलीमाढीमा रहेको बजार आएर घर जान नभ्याएपछि बेलुका स्टल बजारमा अवस्थित मनकामना होटलमा बास बस्दा भिमस्थानकी ४५ वर्षीय तारामाया श्रेष्ठलाई सोही होटलका प्रोपाईटर ३० वर्षका हरिराम राउतले यौनजन्य दुव्यर्वहार गरे । प्रहरी कार्यालयका अनुसार अभियुक्तलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ । यो घट्ना बाहिर आयो । बलात्कार सम्वन्धी मुद्धाहरु केही मात्रामा दर्ता भएर बाहिर आएपनि यौनजन्य हिंसा सम्वन्धी मुद्धा भने केही– केही मात्र समाजबाट बाहिर आउने गरेका छन् । अझ बालबालीका माथि यौनजन्य हिंसा बढ्दै गएको छ तर घट्ना भने बाहीर आउन सकेको छैन् । समाजमा हेला गर्छ, इज्जत जान्छ भन्ने प्रविधिले गर्दा यस्ता घट्नाहरु बाहिर नआएका हुन् । यसले गर्दा यौनजन्य हिंसा बढ्दै गएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक वताउछन् । यौनजन्य हिंसामा बढी बालबालीकाहरु नै संलग्न हुने गरेको भएकाले उनीहरुले पढ्ने पुस्तहरुमा पनि यौनजन्य हिंसाको बारेमा समावेश गर्ने र यस सम्वन्धी जनचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन ग¥यौ भने मात्र यौनजन्य हिंसा सम्वन्धि घट्नालाई न्यूनिकरण गर्न सकिने उनको भनाई छ । उनका अनुसार अहिले सम्म प्रहरी कार्यालयमा यौनजन्य दुव्र्यवहार सम्वन्धि एउटा मुद्धा मात्र दर्ता भएको छ ।

 अभियुक्तलाई पक्राउ गरिसकिएको छ । प्रहरी कार्यालयमा दर्ता नभएका तर समाजमा भएका यस्ता घट्ना प्रस्शतै छन् । सामाजिक संस्कारले गर्दा समाजमा वस्दा महिलाहरुलाई डर, क्रास, धम्की र धरे यातना दिएका हुँदा यस्ता घट्नालाई समाजबाट बाहिर लैजादा समाजले बहिस्कार गर्ने होकी भनेर यस्ता घटनाहरु बाहीर आउन नसकेको बताउछिन महिला अधिकारकर्मी एसोदा कोईराला । यौनजन्य हिंसा भन्ने वित्तिकै समाजले घिर्णा गर्ने कारणले गर्दा महिलाहरुले बाहिर ल्याउन नसकेका हुन् । यसले गर्दा यौनजन्य हिंसा गाउँदेखि सहरसम्म पनि व्यापक रुपमा बढीरहेको उनको ठम्याई छ । यसको न्युनिकरण गर्नुपर्ने आजको आवश्यकता भएकाले गाउँ गाउँमा गएर धेरै भन्दा धर्रे मात्रामा चेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने कोईराला बताउनुहुन्छ । कोईरालाकाअनुसार यौनजन्य हिंसाबाट पिडित मलिाहरुलाई संगठित गरेर जनचेतनामूलक कार्यक्रममा परिचालन गर्ने हो भने यौनजन्य हिंसाको न्युनिकरण गर्न सकिन्छ । हिंसामा परेका महिलाहरु समाजमा विभिन्न आरोप प्रत्यारोप सहेर झन पिडित भएर बसिरहेका छन् । आफुले भोगरेको घट्ना अरुले भोग्नु नपरोस् भनेर सक्रिय भएको पाईदैन् , त्यसैले पनि यस्ता घट्नाहरु न्युनिकरया गर्न पिडितहरुलाई नै संगठित गरेर परिचालीत हुन सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ । यौनजन्य हिंसा सम्वन्धि घट्नाहरुलाई सम्वन्धि निकाय , महिला अधिकारकर्मी र मिडियाहरुले पनि सशक्त रुपमा नउठाएको कारणले गर्दा यस्ता किसिमका घट्ना बढदै गएको छ । यौन शोषण र यौनजन्य शब्द प्रयोग गरी गालीगलौज जस्ता घट्नाहरु समाजका अग्रज व्यक्ति, पीडक र पिडित छलफल गरी मिलाउने, कारबाही , जरिवाना गर्ने गरेको समाजसेवीहरु बताउँछन् । इज्जतको नाममा समस्यालाई बाहिर निकाल्न नदिनुले अपराधिहरुलाई झन हौसला मिलेको समाजसेवीहरुको भनाई छ । उनीहरुका अनुसार समाजमा गरिने साना कारबाहि र जरिवानाले यस्ता अपराधका घट्ना झन बढी बढ्ने गरेको छ । यौनजन्य हिसा सम्वन्धि घट्ना बाहिर आउने अवस्था सिर्जना हुन नसकेकाले यस्ता घट्ना बाहिर आउन नसकेको पत्रकार कृष्णहरी घिमिरेको भनाई छ । यस किसीमका घट्नाहरु मिडिमा पनि कमै आउने र पिडित पक्षले पनि सामाजिक रुपमा वहिस्कार हुन पर्ने होकी भनेर समस्या बाहिर ल्याउन नसकेको बताउदै उँहाले भन्नुभयो, गाउँमा भएका यौनजन्य हिंसाका घट्नालाई सञ्चारमाध्यम, महिला अधिकारकर्मी, समाजसेवी, स्थानियबासी लगाएतले महत्वका साथ उठाएर समाजमा जनचेतना मूलक कार्यक्रमहरु बढी भन्दा बढी गरेर जनचेतना फैलाउनु आवश्यक छ । महिलाहरुको मौनताका कारण पनि यस्ता घट्ना बाहिर आउन नसकेको पत्रकार घिमिरेको ठम्याई छ । सिन्धुलीकी महिला कानुन विद् सुसिला थिङ्का अनुसार यौनजन्य दुव्र्यवहार गर्नेलाई १ वर्ष कैद र १० हजार रुपैया सम्म जरिवाना हुन्छ । पिडितलाई कसुरदारबाट मनासिव क्षतिपुर्तिको ब्यवस्था छ ।

 कार्यस्थलमा मलिामाथि हुने यौन दुव्र्यवहारका घट्ना नियन्त्रण गर्न महिला, बालबालीका तथा समाजकल्याण मन्त्रालयले यौन दुव्र्यवहार सम्वन्धि विधेयकको मस्यौदा २०६६ संसदमा दर्ता गराएको छ । यसले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई अपराधको सुचीमा राख्दै सजायको व्यवस्था गरेको छ । मस्यौदा विधेयकको व्यवस्था अनुसार यौन शोषण मात्र नभई यौनजन्य शब्द प्रयोग गरी गालीगलौज गर्नु तथा त्यस्ता प्रकृतिका हाउभाउ पनि दण्डनिय मानिनेछ । यस्ता अपराध गर्नेलाई तीन महिना कैद वा २५ हजार रुपैया जरिवाना वा दुवै सजाएको हुने व्यवस्था विधेयकमा छ । कार्यालयको वातावरण स्वस्थ्य र मैत्रीपूर्ण वनाउन मस्यौदा विधेकले कार्यालय प्रमुखलाई उत्तरदायित्व छ । र यस्ता अपराधको अनुसन्धान गर्ने अधिकारीक रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ । यस बाहेक सार्वजनिक अपराध ऐन २०२८, गालिवेइजति ऐन २०१६, प्रमाण ऐन २०१६, सरकारी मुदा सम्वन्धि ऐन २०४९ ले पनि महिला विरुद्ध हुने हिंसालाई समेटेको छ ।


-चिना थापा रेडियो सिन्धुलीगढीमा कार्यरत हुनुहुन्छ ।

Related

विचाररसाहित्य 2556061100308326789

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item