प्रधानमन्त्री भोली सिन्धुली आउदै
http://sindhulidarpan.blogspot.com/2012/11/baburam-bhattrai.html
नविन अधिकारी
सिन्धुली,कात्तिक २४ । प्रधानमन्त्री डा.बाबुराम भट्टराई शनिबार (भोली) सिन्धुली आउने भएका छन् । एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति सिन्धुलीले कपिलाकोट गाविसमा आयोजना गरेको आमसभामा सहभागि हुन प्रधानमन्त्री भट्टराई सिन्धुली आउने कार्यक्रम बनेको स्रोतले बताएको छ ।
कपिलाकोट उच्च माविमा आयोजना गरिएको उक्त आमसभा २ बजे सुरु हुने र उक्त सभामा सहभागि हुन प्रधानमन्त्री हेलिकोप्टरमा आउने तयारी भएको बताइएको छ । आमसभाको लगभग सबै तयारी पुरा भई सकेको उक्त पार्टीले जनाएको छ । प्रधानमन्त्री सबारी हुनेभएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
.jpg)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !