कृषि बैंकका प्रमुख नहुँदा रौतहटका सेवाग्राही मर्कामा




रौतहट, कात्तिक २५ ।

रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषी विकास बैंक लामो समयदेखि कार्यालय प्रमुख विहिन हुदा स्थानीय किसान तथा व्यापारीले समस्या झेल्नु परेको छ । कार्यालय प्रमुख घनश्याम रिमालको सरुवा भएको दुई महिना बिति सक्दा समेत नयाँ कार्यालय प्रमुख नआएकाले समस्या भएको हो । 

 बैंकले किसान तथा ब्यापारीलाई ऋण प्रवाह गर्दै आएकोमा विगत दुई महिना देखि लगानी लगाउन नसकेको बैंकका कर्मचारीले बताएका छन् । कार्यालय प्रमुख नभएका कारण लामो समयदेखि सर्बसाधारणको काम प्रभावित भएको स्थानीय समाजसेवी नेपाल कार्कीले बताउनुभयो । बैंकमा कार्यालय प्रमुख नभएका कारण बैंकले पछिल्लो दुई महिनामा सेवा ग्राहीहरुसँग ऋण असुल्ने बाहेकाको काम गर्न सकेको छैन ।


Related

प्रमूखखबरहरु 461433616175843961

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item