छोरा बचाईदिन अपिल (सिन्धुली )
http://sindhulidarpan.blogspot.com/2012/11/blood-cancer.html
सिन्धुली,कात्तिक २५ ।
सिन्धुलीको महादेवस्थान ६ बाह्रविसेका लालबहादुर खड्काले छोराको जीवन बचाईदिन सम्पूर्ण महानुभावहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आफ्ना १० वर्षिय छोरा ध्रुवबहादुर खड्कालाई ब्लड क्यान्सर भएकोले उपचार गर्नका लागि आर्थिक समस्या भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको हो ।
खड्काले छोराको मासिक रुपमा ब्लड फेर्नुपर्ने भएकाले खर्च अभावका कारण उपचारमा समस्या भएको वताउनुभयो । साथै वहाँले सहयोगका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सहयोग गर्न इच्छुक महानुभावले राष्ट्रिय वाणिज्य वैक सिन्धुलीको बचत खाता नम्बर २४८१४ मा जम्मा गरिदिनुहुन समेत अनुरोध गर्नुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !