मनपरी भाडा असुलेको विरोधमा चक्काजाम
http://sindhulidarpan.blogspot.com/2012/11/bus.html
डोटी,कार्तिक २४ ।
डोटी जिल्लाका कच्ची सडकहरुमा सवारी साधनहरुले चर्को भाडा असुलेको विरोधमा डोटीको राजपुरदेखि चवराचौतारा सडक खण्डमा चक्काजाम गरिएको छ । कात्तिक २१ गते जिल्ला प्रशासन कार्यालयमा बार्ता गर्ने मौखिक सहमतिपछि १६ गतेदेखि नै सडक कुनै दिन बन्द र कुनै दिन सञ्चालन भएको थियो । बोगटान क्षेत्रमा चल्ने जीपहरुले ६६ किलोमिटरको भाडा एक हजारसम्म लिन थालेको भन्दै विरोध भएको हो ।
तिखात्तर, बासुदेखी, गगुडा, दुर्गामाण्डौ र रानागाउँ गाविसमा गरिएको चक्काजामपछि शैलेश्वरी यातायात समितिले सहमतिका लागि कुनै प्रयास नगरेको क्लबका महासचिव भजन सिहं मलासीले जानकारी दिनुभयो । हिजो बार्ता गरी सहमति नगरुन्जेलसम्मका लागि शैलेश्वरी यातायातका चार वटा जीपहरुलाई तिखातरको लेकगडामा नियन्त्रणमा राखिएको छ । साथै भाडा चर्काे भएकोले कम गर्नुपर्ने माग राखि गएराति पनि शान्तिपुर्ण चक्काजाम गरेका बेला प्रहरी प्रसाशनसँग केही समय भनाभनसमेत भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !