चीनसँग नेपालको उत्तरी नाका तातोपानीमा सुरक्षा व्यवस्था कडा
http://sindhulidarpan.blogspot.com/2012/11/china.html
प्रकाश सुन्दास,
काभ्रे,कात्तिक २२ ।
चीनसँग नेपालको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भोलिदेखि सुरु हुने चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको १८ औ महाधिवेशनलाई ध्यानमा राख्दै चिनियाँ र नेपाली दुबै पक्षले सुरक्षा व्यवस्था कडा बनाएको नेपाली अधिकारीहरुले बताएका छन् । महाधिवेशन सुरु हुनुभन्दा ४ दिनअघि नै चिनियाँ पक्षले अध्यायगमन कार्यालय कोदारीले नागरिकताको आधारमा दिदै आएको एकदिने खासा प्रवेश अनुमति पत्रमा रोक लगाएको छ ।
त्यस्तै चिनियाँ सामान बोक्ने नेपाली माल बाहक कन्टेनर भ्यानहरुलाईसमेत सहज रुपमा आवातजावत गर्ने वातावरण नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । पटक–पटक भएका वार्तामा चिनियाँ पक्षले दैनिक ९० वटा मालबहाक भ्यान नेपाल पठाउने सहमति गरेपनि कार्यान्वयन हुन नसकेको बताइएको छ । चीनसँग नेपालको प्रमुख व्यापारिक नाकामा सामान आयात निर्यातमासमेत महाधिवेशनको प्रभाव परेपछि कात्तिक महिनामा तातोपानी भन्सार कार्यालयले राखेको ३९ करोड राजस्व सङ्कलनको लक्ष्य पूरा नहुने भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !