चिनिया कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशन आजदेखि
http://sindhulidarpan.blogspot.com/2012/11/china_8.html
काठमाण्डौ,कात्तिक २३ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १८ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । राष्ट्रिय महाधिवेशन बेइजिङमा रहेको ग्रेट हल अफ दि पिपुलमा हुँदै छ । महाधिवेशनलाई ध्यान दिँदै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । हरेक पाँच वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन हुँदै आएको छ । यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।
देशभरका २३ सय प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिने छन् । चिनियाँ कम्युनिस्ट पार्टीलाई विश्वकै ठूलो राजनीतिक दलमा मानिन्छ । महाधिवेशनमा राष्ट्रपति हु जिन्ताओले पार्टी महासचिवको पद उपराष्ट्रपति रहनुभएका सी जिनपिङलाई हस्तान्तरण गर्ने निश्चित भएको बताइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको यो महाधिवेशनलाई विश्वभरका शक्ति राष्ट्रहरूले निकै चासोका लिएका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !