तिब्बती नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने गाविस सचिव फरार




काभ्रे,कात्तिक २९ । 

तिब्बती नागरिक पेमा लामालाई नेपाली नागरिकताको प्रमाण–पत्र दिन सिफारिस गर्ने सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट गाविसका सचिव नवराज सेन फरार भएका छन् । तिब्बतीयन नागरिकता प्रकरणमा पक्राउ परेकाहरुले गाविस सचिव नै मुख्य दोषी भएको बयान प्रहरीलाई दिएपछि सचिव सेन फरार भएका हुन् । सचिव सेनलाई जिल्ला प्रहरी कार्यालयले केही दिन अघि नै सम्र्पकमा आउन भनेपनि नआइ फरार भएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रताप गुरुङले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म प्रधानमन्त्रीको कार्यालयमा चिया बोक्ने काम गर्दै आउनु भएका सचिव सेनको आर्थिक अवस्था एका एक उकासिएको देखेर प्रहरी प्रशासनसमेत छक्क परेको गुरुङ्को भनाइ छ ।

  प्रहरी प्रमूख गुरुङका अनुसार सेनले आर्थिक प्रलोभनमा परेर तिब्बतीयनलाई नागरिकता दिन सिफारिस गरेका हुन् । सचिवका आफन्तहरुले तिब्बतीयनलाई नागरिकता दिन दाजु बनेर सिफारिस गर्ने वाङदोर्जे लामाका आफन्तहरुले अपहरण गरेको शंका गरेका छन् । जिल्ला विकास समितिका कर्मचारी अवैधानिक काममा संलग्न भएपनि जिविसले भने अहिलेसम्म आधिकारीक धारणा सार्वजनिक गरेको छैन । गएको भदौ २० गते तिब्बतीयन नागरिक लामालाई नेपाली नागरिकता दिन सचिव सेनले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सिफरिस गरेको पाइएको छ  ।

Related

राष्ट्रिय 449357883048081300

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item