काङ्ग्रेस आमसभाको प्रचार तीब्र



काठमाण्डौ,कात्तिक २३ । 

नेपाली काङ्ग्रेसले भोलि राजधानीमा गर्न लागेको आमसभाको प्रचार स्वरुप नेपाल विद्यार्थी सङ्घले आज मोटरसाइकल ¥यालीको आयोजना गर्दै छ । दिउँसो २ बजेपछि काठमान्डुको प्रदर्शनमार्गबाट सुरू हुने ¥यालीको पार्टीको महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने छ ।

 मुलुकलाई अहिलेको संवैधानिक, राजनीतिक र आर्थिक सङ्कटबाट निकास दिन र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिन भन्दै काङ्ग्रेसले भोलि शक्ति प्रदर्शन गर्न लागेको छ । भोलिको सभाबाटै काङ्ग्रेसले सरकारविरुद्ध आन्दोलनको सुरु भएको घोषणा गर्ने जनाएको छ ।

Related

राष्ट्रिय 6000782027718781530

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item