‘एमाओवादीले बारम्बार ढाँटेको छ’
http://sindhulidarpan.blogspot.com/2012/11/congress_13.html
काठमाडौ, २८ कात्तिक । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले एमाओवादीले बारम्बार मुलुकलाई ढाट्ने काम गरेको बताएकी छन् । उनले एमाओवादीलाई विगतका सहमति कार्यान्वयन गरेर विश्वासको वातावरण बनाउन सुझाव दिईन ।
मण्डिखाटारस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले कांग्रेस बजेटको विरोधी नभए पनि चेक एण्ड ब्यालेसन्सका लागि सहमतीय बजेटमा दवाव दिएको बताईन । उनले बजेट सहमतिमा मात्रै ल्याउनु पर्ने उल्लेख गरिन ।
केन्द्रीय सदस्य कोइरालाले मुलुक संकटमा परिरहेका बेला प्रधानमन्त्रीको विषय ठूलो नरहेको बताएकी छन् । उनले सबै दल मिलेर देशलाई निकास दिनु पर्ने बताईन ।
‘सहमति र एकता गरेर देश बचाउनु पर्छ,’ उनले भनिन्, ‘अहिले पनि पार्टीहरु नमिले देशले ठूलो क्षती बोहोर्नु पर्छ ।’


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !