आन्दोलनको तयारीमा बस्न निर्देशन




कांग्रेसद्वारा निर्वाचनमा जाने उद्घोष

काठमाडौं, कात्तिक  २४ । 
कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर राजनीतिक ‘कू’ गरेको बताएका छन् । कांग्रेसले आज काठमाडौंमा आयोजना गरेको आमसभामा उनले एमाओवादीले प्रजातन्त्रसँग खेलवाड गरेको बताए । ‘कांग्रेसले तीन तहको संघर्ष गरिरहेको छ,’ उनले भने, ‘राष्ट्रपतिमार्फत संवैधानिक लडाई, सडकबाट शान्तिपूर्ण आन्दोलन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई देखाउने लडाई र वार्ताको टेबलमा सहमतिको खोज्ने लडाई ।’

सभापति कोइरालाले एमाओवादीलाई चुनावको प्रतिस्पर्धामा आउन पनि चुनौति दिए । उनले भने, ‘नयाँ निर्वाचन गरेर संविधान बनाउनु पर्छ ।’ नेता शेरबहादुर देउवाले मुलुकलाई निकास दिन आन्दोलन आवश्यक रहेको बताए । उनले कार्यकतालाई आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए । नेता देउवाले आफू अझै पनि संविधानसभा पुनःस्थापनाको पक्षमा रहेको दोहराए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभामा लोकतन्त्र विरोधी हाबी भएका कारण नयाँ संविधान बन्न नसकेको बताए । उनले भने, ‘संविधानसभामा लोकतन्त्रका विरोधी, बहुलवाद नचाहनेले गर्दा नयाँ संविधान बन्न सकेन ।’

आमसभा शुरु हुन अगाडि कांग्रेसका सयौं कार्यकर्ताले राजधानीका विभिन्न स्थानको परिक्रमा गरेका थिए । बसन्तपुरमा भएको सभाका कारण राजधानीका सवारी आवागमन दिनभरि प्रभावित भएको प्रहरीले जनाएको छ ।

Related

राष्ट्रिय 2526434290147907780

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item