सिन्धुलीमा २ करोडको दमकल किनिदै
http://sindhulidarpan.blogspot.com/2012/11/damkal.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,कात्तिक २३ ।
सिन्धुलीको कमलामाई नगरपालिकामा दमकल खरिदका लागि अर्थ व्यवस्थापन गर्न गठित समितीले अहिलेसम्म गरेका काम कार्वाहीहरु सार्वजानिक गरेको छ । नगरपालिका कार्यालयमा वुधवार भएको सर्वदलिय सर्वपक्षिय छलफलमा भदौ ३ गतेदेखि अहिलेसम्म भए गरेका कामहरुवारे जानकारी गराइएको थियो ।
छलफलमा स्थानिय विकास मन्त्रालयवाट नगरपालिकालाई प्राप्त हुने २ करोड जगेडा कोषवाट रकम छुट्याएर दमकल खरिद गर्ने निर्णय समेत गरिएको छ । दमकल सन्चालनका लागि जिल्ला विकास समिति, उद्योग वाणिज्य संघ, वन उपभोक्ता महासंघ लगायतका संघ सँस्थाहरुसंग सहयोगका लागि आग्रह समेत गरीएको छ ।
कमलामाई नगरपालिका कार्यालयका कार्यकारी अधिकृत युवराज आचार्यको अध्यक्षतामा सम्पन्न छलफलमा एकीकृत माओवादीका धु्रव देवकोटा, नेपाली काँग्रेसका दिपक मिश्र, एमालेका खड्ग खत्री, संयुक्त माक्र्सवादीका कमल प्रसाद घिमीरे, नेकपा एकिकृतका वालकृष्ण थापा, उद्योग वाणिज्य संघका उपाध्यक्ष विनेश श्रेष्ठ, वन उपभोक्ता महासंघका कृष्ण कुमार श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नविन श्रेष्ठ, रेडियो सिन्धुलीगढीका प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !