एमाले नेता एवं पूर्व राज्यमन्त्री महतको निधन
http://sindhulidarpan.blogspot.com/2012/11/death_7.html
काठमाण्डौ,कात्तिक २२ ।
पूर्व शान्ति राज्यमन्त्री एवं नेकपा एमालेको केन्द्रीय सदस्य डिल्ली महतको आज निधन भएको छ । उहाँको उपचारका क्रममा काठमाण्डुको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको हो । उहाँलाई अस्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि हेलिकप्टरबाट काठमाण्डुको शिक्षण अस्पतालमा ल्याइएको थियो । उहाँलाई मन्त्री हुँदादेखि नै शरीरको दायाँ भाग प्यारालाइसिस भएको थियो ।
आइतबार अचानक रक्तचाप बढेपछि उहाँलाई कर्णालीको शिक्षण अस्पतालमा राखिएको उहाँका आफन्त हरिकृष्ण महतले जानकारी दिनुभयो । महत नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला शान्ति तथा पुननिर्माण राज्यमन्त्री बन्नुभएको थियो । यसैबीच नेता महतको शवलाई अन्तिम श्रद्धान्जलीका लागि एमाले केन्द्रीय कार्यालय बल्खुमा राखिने भएको छ । श्रद्धान्जलीका लागि एमाले नेता तथा कार्यक्रमहरू बल्खुमा पुग्ने क्रम जारी रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !