ईसाक सिन्धुलीले खनियाखर्कमा नाटक देखायो
http://sindhulidarpan.blogspot.com/2012/11/drama.html
सिन्धुली,कात्तिक २२ ।
सिन्धुली कला तथा साँस्कृतिक प्रतिष्ठान इशाकले सिन्धुलीको खनियाखर्कमा एच. आइ. भि. एड्स सम्वन्धि सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । सेभ द चिल्ड्रेन ग्लोवल फन्डको सहयोग तथा इशाक सिन्धुलीको प्रस्तुती रहेको सडक नाटक यस अघि सिन्धुलीको दुधौली, सिर्थौली र हतपते गाविसमा प्रदर्शन गरिएको थियो ।
बिगत १० वर्षदेखि विविध विषयहरुमा सडक नाटकको माध्यमवाट सचेतना वाँड्दै आएको इशाक सिन्धुलीले यसपटक भने प्रवासी नेपालीहरुको परिवारलाई लक्षित गर्दै एच. आइ. भि. एड्स सम्वन्धि नाटक प्रदर्शन गरेको हो ।
नविन खड्काको निर्देशन तथा लेखनमा तयार पारिएको सडक नाटकमा विजय तामाङ्, पवित्रा कर्माचार्य, श्रृंखला कार्की, राजु नेपाली, रामकुमार थामी, विन्दु श्रेष्ठ, नविन खड्का, भक्त नारायण श्रेष्ठ लगायतको अभिनय रहेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !