भुकम्पका कारण ग्वाटेमालामा ३९ जनाको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/11/earthquick.html
काठमाण्डौ,कात्तिक २३ ।
ग्वाटेमालामा ७ दशमलव ४ रेक्टर स्केलको भुकम्प जादा ३९ जनाको मृत्यु भएको प्रारम्भीक अध्ययनले देखाएको छ । भुकम्पका कारण एक सय भन्दा बढी मानिसहरु हराइरहेको र एक सय ५५ जनाभन्दा धेरै घाइते भएको जनाइएको छ । सडकसहित अन्य पुर्वाधारहरुमा क्षति पुगेको छ ।
भुकम्पबाट जोगिन र सुरक्षित रहन त्याहको सरकारले नागरिकहरुलाई आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि १९८६ मा ७ दशमलव ५ रेक्टर स्केलको भुकम्प जादा ग् ग्वाटेमालामा २५ हजारले ज्यान गुमाएका थिए । त्यसपछिको सबै भन्दा ठुलो भुकम्प गएको त्याहाको सरकारले जनाएको छ । भुकम्प पीडितहरुलाई उद्धारका लागि स्वयं सेवक परिचालन गरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !