सिन्धुलीमा चुनाव सम्पन्न, मतपरिणाम भोलीमात्र



सिन्धुली,कात्तिक २२ ।


सिद्धेश्वर खानेपानी उपभोक्ता समुहको नेतृत्व चयनको लागी बुधबार चुनाव सम्पन्न भएको छ । मतपरिणाम भने विहिबार मात्र आउने निर्वाचन अधिकृत शुशिल वर्माले बताए । वर्माका अनुसार बुधबार बेलुकी लोड सेडिङ हुने भएकोले मतगणनाको लागि असर पर्ने भन्दै मतगणना कार्य विहिबारका लागि सारिएको हो ।
बुधबार तरकारी तथा कन्दमुल विकास केन्द्रमा  विहान ८ बजेवाट सुरु भएको निर्वाचन साँझ ५ वजेमात्र सम्पन्न भएको थियो ।  निर्वाचन अधिकृत बर्माका अनुसार एक हजार ६ सय ६४ मतदाता रहेको सो समुहमा १ हजार ४ सय १ मत मात्र खसेको छ ।
नयाँ नेतृत्वको अध्यक्ष पदका लागि संस्थाका निवर्तमान अध्यक्ष डम्बर बहादुर खड्का, निवर्तमान सचिव महेन्द्रदेव श्रेष्ठ, त्यसैगरि भक्त बहादुर राई र बिजय कुवरको उमेदवारी रहेको थियो ।
संस्थाको कार्यसमिती सदस्य पदका लागि १३ जनाको उमेदवारी रहेको छ । जसमा शंकर प्रसाद अधिकारी, प्रदेश्वर कुमार बर्मा, धनराज नेवा खड्गी, शुभाष राज थापा, बलराम अधिकारी, शिव बहादुर थापा, लोक विक्रम थापा, उत्पल खड्का, सुरज मिश्र (शेखर), चन्द्रमणी पौडेल, भिम प्रकाश श्रेष्ठ, अरुण कुमार उपाध्याय र केशर बहादुर दमाई रहेका छन् ।
त्यस्तै संस्थाको महिला सदस्यका लागि निरु श्रेष्ठ, गंगा कुमारी कार्की, माया देवी थापा, गिता थापा, गंगाकुमारी विश्कर्मा, तारा देवकोटा र विमला शर्मा घोरसाइनीनेले आफ्नो उमेदवारी दिएका छन् ।
 निर्वाचनमा अध्यक्ष पदका उमेदवार महेन्द्रदेव श्रेष्ठ र बिजय कुवरको प्यानलविच कडा प्रतिस्पर्धा हुने उपभोक्ताहरुको ठम्याई छ ।

Related

स्थानिय 2812942416763366271

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item