सिन्धुलीमा खानेपानी उपभोक्ता सस्थाको चुनाव हुदै
http://sindhulidarpan.blogspot.com/2012/11/election_7.html
सिन्धुली,कार्तिक २२ ।
सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन आज विहान साढे ८ बजे देखि वागवानी तरकारी विकास केन्द्रमा सुरु भएको छ । साझ ५ बजे सम्म मत खसाल्न पाउने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि मेहन्द्र देव श्रेष्ठ,डम्बर बहादुर खड्का,भक्तबहादुर राई र विजय कुवँर प्रतिष्पर्धामा उत्रिनुभएको छ । त्यसैगरी ३ वटा महिला सदस्य पदका लागि ७ जना प्रतिष्पर्धामा उत्रिएका छन ।
जसमा निरु श्रेष्ठ,गंगाकुमारी कार्की,मायादेवि थापा,गंगाकुमारी विश्वकर्मा,तारा देवकोटा, विमला शर्मा, र गिता थापा रहनु भएको छ । त्यस्तै ७ जना पुरुष सदस्यहरुका लागि १३ जना प्रतिष्पर्धामा उत्रियका छ जसमा शंकर प्रसाद अधिकारी,प्रद्धेश्वर कुमार वर्मा,उत्पल खड्का,शुरज मिश्र,धनराज नेवा खड्गी,सुभाषराज थापा,बलराम अधिकारी,शिबबहादुर थापा, लोकविक्रम थापा,चन्द्रमणि पौडेल,भिमप्रकाश श्रेष्ठ,अरुणकुमार उपाध्याय र केशर बहादुर दमाई रहनु भएको छ । निर्वाचित पदाधिकारीको कार्यावधि ४ वर्षको हुने छ । निर्वाचनमा कडा प्रतिष्पर्धा हुने उपभोत्ताहरुको भनाई छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !