सिन्धुलीमा आज मतगणना
http://sindhulidarpan.blogspot.com/2012/11/election_8.html
सिन्धुली,कात्तिक २३ ।
सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मत गणना अहिले बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचन हिजै सम्पन्न भयो । अध्यक्ष पदका लागि मेहन्द्र देव श्रेष्ठ, डम्बर बहादुर खड्का, भक्तबहादुर राई र विजय कुवँर प्रतिष्पर्धामा उत्रिए पनि श्रेष्ठ र कुँवरवीच कडा प्रतिष्पर्धा देखिएको छ ।
संस्थाको कार्यसमिती सदस्य पदका लागि १३ जनाको उमेदवारी रहेको छ । जसमा शंकर प्रसाद अधिकारी, प्रदेश्वर कुमार बर्मा, धनराज नेवा खड्गी, शुभाष राज थापा, बलराम अधिकारी, शिव बहादुर थापा, लोक विक्रम थापा, उत्पल खड्का, सुरज मिश्र (शेखर), चन्द्रमणी पौडेल, भिम प्रकाश श्रेष्ठ, अरुण कुमार उपाध्याय र केशर बहादुर दमाई रहेका छन् ।
त्यस्तै संस्थाको महिला सदस्यका लागि निरु श्रेष्ठ, गंगा कुमारी कार्की, माया देवी थापा, गिता थापा, गंगाकुमारी विश्कर्मा, तारा देवकोटा र विमला शर्मा घोरसाइनीनेले आफ्नो उमेदवारी दिएका छन् ।
निर्वाचनमा अध्यक्ष पदका उमेदवार महेन्द्रदेव श्रेष्ठ र बिजय कुवरको प्यानलविच कडा प्रतिस्पर्धा हुने उपभोक्ताहरुको ठम्याई छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !