सिन्धुलीमा मोतियाविन्दु शिविर



 हालसम्म २५५ जनाको परिक्षण  
सिन्धुली,कात्तिक २२ । 

सिन्धुलीको खाङ्साङ् गाबिसमा  सुरु भएको ३ दिने मोतिबिन्दु शिबिरमा अहिलेसम्म  २५५ जनाले परिक्षण गराएका छन् । जसमा ४२ जनाको मोतिबिन्दुको अपरेसन र २१५ जनाको साधारण जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाईटी खाङ्साङ् उपशाखा र जानकी आँखा अस्पताल जनकपुरको आयोजनामा भएको अपरेसन सिबिरमा सिन्धुलीको बिभिन्न गाबिस तथा छिमेकि जिल्ला रामेछाप, ओखलढंगा, उदयपुर लगायतका जिल्लाका आखाँ बिरामीहरु जाचका लागि आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

 जानकी आँखा अस्पतालका मेडिकल डाईरेक्टर हेम चन्द्र झाको नेत्तृवमा आएको टोलीले आज दिनभरमा ५० जनाको अपरेसन गर्ने लक्ष्य लिएको समेत श्रेष्ठले बताउनुभयो । अपरेसन सिबिरको हिजो एक औपचारीक कार्यक्रमका बिच सुनकोशि उच्च माध्यामिक बिद्यालय खाङ्साङमा उद्घाटन गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी खाङ्साङ उपशाखाका सभापति गणेश प्रसाद पहाडिको अध्यक्षता तथा निबर्तमान सभासद् बिषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा एमालेका गणेश कुमार पहाडि , कांग्रेसका ध्रुब पहाडि ,नेकपा माओबादीका ईन्द्र पहाडि , सुनकोशि उच्च माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष फडिन्द्र पहाडि , नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाका अध्यक्ष  अशोक श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । यो शिबिर खाङ्साङ क्षेत्रमा पहिलो पटक आयोजना भएको आयोजकको दाबि छ । सिबिर भोलीसम्म चल्ने र पर्सि औपचारीक कार्यक्रमको आयोजना गर्दे समापन गरिने रेडक्रसले जनाएको छ ।

Related

स्थानिय 4734987486680973651

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item