आदिवासी हजुरआमाहरूको १२ औं अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा


काठमाण्डौ,कात्तिक २३ । 
आदिवासी हजुरआमाहरूको १२ औं अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । सम्मेलनको आज साँझ साढे ५ बजे उप राष्ट्रपति परमानन्द झाले उद्घाटन गर्नुहुने कार्यक्रम छ । आदिवासी हजुरआमाहरूको अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा यो सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो । 

सम्मेलनमा ब्राजिल, अमेरिका, जापान, भारत, तिब्बतसहितको देशहरूबाट १३ जना हजुरआमाहरूकोसहभागिता रहने आयोजकले जनाएको छ ।  नपालबाट आमा बोम्बो बुद्धिमाया तामाङले सहभागिता जनाउनुहुने भएको छ ।

सन् २००४ मा स्थापना भएको परिषद्ले पहिलो सम्मेलन २००४ मा अमेरिकामा भएको थियो । विश्वका आदिवासीहरूको संस्कृति, भाषा, धर्मलगायतका ज्ञानसीपका कुरा संरक्षण जस्ता विषयमा नयाँ पुस्तालाई जोड्ने उद्देश्यले सम्मेलन हुन लागेको आयोजकले जनाएको छ । 

Related

विविध 1902982409982649472

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item