रामेछापमा जुनारको उत्पादन घट्यो
http://sindhulidarpan.blogspot.com/2012/11/juarn.html
सन्तोष ढुङ्गेल,
रामेछाप,कात्तिक २३ ।
उत्पादनको दृष्ट्रिकोणले नेपालकै अग्रणी मानिएको रामेछाप जिल्लामा यसवर्ष जुनार उत्पादनमा कमी आएको छ । जुनारको दाना लाग्ने बेलामा परेको असिनापानी र विभिन्न प्रकारको रोगका कारण उत्पादनमा कमी आएको हो । अघिल्लो बर्षको तुलनामा यस बर्ष २५ देखी ३० प्रतिशत सम्मले उत्पादनमा कमी भएको किसानहरुले बताएका छन् । जुनारको दानालाई चिचिलामा नै असिना पानीले चुटेपछि यसवर्ष कम उत्पादन भएको जुनार संघ रामेछापका अध्यक्ष ढालविक्रम कार्की बताउनुभयो ।
उहाले बोटमा फलेका दानालाई असिनाले झारेपछि अघिल्लो बर्षको तुलनामा यस बर्ष रामेछाप जिल्लामा २५ प्रतिशत भन्दा बढीले उत्पादनमा कमी आएको बताउनु भयो । उत्पादनमा कमि भए संगसंगै जुनारको गुणस्तर पनि घटेको छ । जिल्लाको ५५ गाउँ विकास समितिमध्ये २५ भन्दा बढी गाविसमा जुनार खेती हुदै आएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ११ गाविसलाई जुनार पकेट क्षेत्र घोषणा गरि जुनार किसानहरुलाई सहयोग गर्दै आएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !