ल्यापटप चलाउनुहुन्छ ? "नपुशंक भईएला"
http://sindhulidarpan.blogspot.com/2012/11/laptop-using.html
लण्डन । के तपाई ल्यापटप चलाउनुहुन्छ ? उसो हो भने तपाईले ल्यापटप चलाईरहदा केहि होशियारी अपनाउनुपर्ने हुन्छ हैन भने तपाई नपुशंक पनी वन्न सक्नुहुन्छ । ल्यापटप चलाउदा कहिल्यपनी काखमा राखेर नचलाउन डेली मेलले तयार पारेका एक रिपोर्टमा भनिएको छ । काखमा ल्यापटप राखेर चलाउनुभयो भने तपाईको शुक्रकिटमाथी असर पुग्दछ र भविष्यमा सन्तान जन्माउने क्षमता तपाईमा नहुन सक्छ र गम्भिर असर पुग्दछ । लण्डनमा एक व्यक्तिले लामो समयसम्म वावु वन्नको लागी प्रयासरत रहे तर हुन सकेनन् जव डाक्टरकहाँ जाचँको पुगे तर आफ्नो शुक्रकिट नै नष्ट भईसकेको थाहा पाए । कारण थियो ती व्यक्तिले ल्यापटप सधै काखमा राखेर चलाउने गर्दथे ।
डेल्ली मेलको रिपोर्ट अनुसार ईलेक्ट्रोनिक्स पेशामा कार्यरत ३० वर्षिय स्काटँ रीड आफ्नी श्रीमती लौरालाई गर्भवती वनाउन चाहन्थे तर उनी गर्भवती भने हुन सकिरहेकी थिईनन् । ल्यापटपको कारणले शुक्रकिट उत्पादनमा असर परिरहेको थाहा भएपछि रीडले टेवलमा राखेर ल्यापटप चलाउन थाले , त्यसको ३ महिनामै उनले श्रीमतीलाई गर्भवती वनाउन सफल भएको रो रिपोर्टमा उल्लेख गरिएको छ ।
लौराले भेनकी छिन् आफ्नो श्रीमान् रीड, वेलुकापख सधैभरी घण्टौसम्म टिभी हेर्नको लागी काखमा ल्यापटप राखिरहन्थे,ल्यापटपको कारण यतिसम्म ठुलो समस्या आईपर्छ भनेर सोचेका पनी थिएनौ, उनले भनेकी छिन् । क्वीन एलेक्जेंन्ड्रा अस्पिटलका बायोमेडिकल एंन्ड्रोलोजिष्ट सू बेनवर्थीले काखमा ल्यापटप राखेर प्रयोग गर्दा ल्यापटपको तातोको कारण शुक्रकिट नष्ट हुने वताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !