बौद्ध दर्शन र विज्ञानबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रिय कार्यशाला
http://sindhulidarpan.blogspot.com/2012/11/lord-buddha-and-science.html
काठमाण्डौ,कात्तिक २९ ।
नेपालमा पहिलोपल्ट बौद्ध दर्शन र विज्ञानबीचको अन्तरसम्बन्धबारे बृहत् अन्तर्राष्ट्रिय कार्यशाला तथा प्रदर्शनी आजदेखि सुरु हुँदै छ । आजदेखि मङ्सिर २ गतेसम्म काठमाडौंको बौद्धस्थित सेचेन गुम्बा परिसरमा हुने कार्यशालामा मानिसका पाँच ज्ञानेन्द्रीयबारे बौद्धग्रन्थ र आधुनिक विज्ञानले गरेका व्याख्या र अन्तरसम्बन्धका विषयमा अमेरिका, भारत, नेपाल, चीनलगायतका राष्ट्रबाट आएका बौद्धमार्गी तथा वैज्ञानिकले अन्तक्र्रिया गर्नेछन् ।
साइन्स लिडरसिप ग्रुप तथा सागर फेमेली फाउन्डेशनले आयोजना गर्न लागेको यो प्रदर्शनीमा मानवका पाँच ज्ञानेन्द्रीयले दैनिक जीवनमा पार्ने प्रभाव र यसको महत्वबारे सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिइने आयोजक मध्येका खेन्पो सेनाङले जानकारी गराउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !