अधुरो प्रेम
http://sindhulidarpan.blogspot.com/2012/11/love_10.html
- त्यस्तै साढे पाँच बजेको हुँदो हो, बिहान म आमाको आवाजले मस्त निन्द्राबाट ब्युझिएपछि पूरै ब्युझिएकी हुन्न । “अँ कुन्नी निरुले त झुण्डिएर आत्माहत्या गरिछे रे ”भाउजुका ती शब्द मेरो कानमा यसरी ठोकिन्छन् । जसरी मुटुमै गोली लागेको मृग भुईमा पछारिन्छ र कुनै हलचल गर्न सक्दैन । मभित्र त्यति चिसो पस्छ, कि मलाई कौसीको ढोकामा आईपुगेँ होस् पनि छैन् । यसो ढोकामा हेर्छु दिदी त्यही ढोकामा रुन्चे अनुहार लगाएर हात बाँधेर टुसुक्क बसेकी छे । मलाई भाउजुको कुरामा विश्वास लाग्दैन त्यसैले दिदीलाई सोध्छु के भनेको भाउजुले ? “खै निरुले आत्माहत्या गरी रे भन्ने जवाफ दिन्छे । मलाई भाउजुसँग रिसउठ्छ त्यसैले ठूलो स्वरले कराउछु , भाउजु .............. !” भाउजु आँगनमा देखेपछि झन् म आफूलाई थाम्न सक्दिन र म फत्फताउछु । हैन तपाईको दिमाग बिहान विहानै फुस्क्योकी क्या हो ? के नचाहिने कुरा गरेको । “के नचाहिने कुरा गर्नु नि सबैजना त्यही गएका छन् । म त त्यही गएर आफ्नै आँखाले देखेर आएको हो ।” “ हैन होला” मेरो स्वर सुकेर आउछ । म कौसीमै थ्याच्च बस्छु । “ जाउ न त हिँड” दिदीले भनेपछि म उसको पछिपछि लाग्छु तर मेरो दिमागमा यति बोझ भइसक्छ कि म केही सोच्न सक्दिन ।
जब म जवरजस्ती भिडमा घुस्रिएर निरुको अनुहार हेर्छु । मभित्र यति भक्कानो फुट्लाजस्तो हुन्छ कि म आफुलाई सम्हालनै सक्दिन । त्यसैले फरक्क फर्केर पर्खालमा अढेस लाग्न पुग्छु अनि भिडतर्फ हेर्छु, धेरैजसोको आँखाहरु मतर्फ नै हुन्छन् । मलाई लाग्छ ती आँखाहरुले मलाई दया देखाइरहेकाछन् किनभने उनीहरुलाई थाहा छ कि निरु मेरो सबैभन्दा मिल्ने साथी हो । अझ कहिले त हामीलाई एउटैसँग विहे गरेर जानु पनि भन्थे । म मेरो आँखाको आशु थेग्न सक्दिन र दौडेर घरमा आई आफ्नो कोठाभित्र पसी ढोका बन्द गर्छु । नपट्याएको सिरकलाई डल्लो पारेर त्यसैको आड लागेर म खाटमै बस्छु र उनलाई सम्झन थाल्छु ।
हुनत निरुसँग मेरो भेटभएको ३ वर्ष जति मात्र भयो । त्यसभन्दा अगाडि उनलाई कहिलेकाही मामा घर आउँदा देख्थेँ तर बोलेकी थिइन । जब म क्ीऋ उत्तिर्ण भएर कक्षा एघारमा भर्ना भँए निरु पनि त्यसै क्याम्पसमा भर्ना भई । किनभने उ अब मामा घरमै बसेर पढ्ने रे क्याम्पस आउने जाने क्रममै हाम्रो मित्रता गाढा भएको थियो । मैले एक दिन निरुलाई सोधेकी थिए, निरु तिम्रो गाउँमा क्याम्पस छैन ? यसै प्रश्नको जवाफमा उनले भनेकी थिइन– छन त छैन तर के गर्नु म ४ वर्ष नपुग्दै ममी बित्नुभएको रे । बाबाले पनि अर्को विवाह गर्नु भएके थियो । एक वर्ष अघि बाबा पनि वित्नुभयो त्यसैले अब म मामा घरमै बस्ने घर नजाने । हाम्रो गाउँका मान्छेहरु लगाएत मेरो घर परिवारले पनि उनलाई सा¥है माया गर्थे । सायद आमा बुबा नभएकी टुहुरी भनेर होला । फेरी उनको स्वभाव पनि त्यस्तै थियो । कहिल्यै रिसाउन नजान्ने, सबैसँग बोली हिड्ने, राम्री पनि सारै राम्री, लामो कपाल , टम्म मिलेको दाँत , पातलो शरीर सबैको नजरमा पर्थिन उनी । मलाई जहाँ जान पनि उ नै चाहिन्थ्यो । राती सुत्न र खाना खान बाहेक प्राय हामीसँगै हुन्थ्यौँ । यसै क्रममा दिनहरु वित्दै गए । २०६६ साल मंसिरको कुरा हो मेरो दिदीको विहेको कुरा छिन्यो । त्यसैले हामी काठमाडौँ थियौ । बिहेको दिन जतिजति नजिक आउँदै थियो र म त्यति नै दङ्ग पर्दैगएँ । उसैको सल्लाह अनुसार हामीले विहेको दिन साडी लगाउने भयौँ । मलाई थाहा छ त्यो विहेको दिन निरु कालो साडीमा आएकी थिइन । त्यसबेला उनी यति राम्री देखिएकी थिइन् कि अरु तारा हो भने उनी चन्द्रमा । उनी बिहान ८ बजेतिर आएकी थिइन । त्यसै समयमा मैले उनलाई मेरो भाइसँग परिचय गराएकी थिएँ । जुन भाइलाई मैले ५ वर्ष अगाडि भाइ बनाएकी थिए र उ पढाइको सिलसिलामा क्यानडामा बस्थ्यो । अहिले उ २ महिनाको विदामा नेपाल आएको थियो । परिचय गर्ने क्रममा नै अमरले निरुलाई अहिले तिमी के गर्दै नि भन्दा मैले अमरलाई जिस्क्याएको थिएँ । के हो अमर पहिलो भेट्मै निरुलाई तिमी.......... केही स्पेशल छ कि क्या हो ? मेरो यस प्रश्नले अमरलाई के भयो थाहा छैन र निरु लाजले रातो भएकी भिइन् । त्यस दिन म अलि बिजी नै थिए । त्यसैले लगभग दिउँसोभरि नै निरुसँग भइन् । उनलाई मैले दिउँसो भरि नै अमरसँग देखेँ । दिउसोतिर मलाई भोक लागेकोले उनलाई बोलाउन जाँदा उनी मस्तसँग अमरको कुरा सुनेर हासिरहेकी थिइन् । त्यसपछि हामी तिनैजना खाना खाने ठाउँतर्फ लाग्दा जाने बाटो अलि अप्ठेरो भएकाले अमरले निरुलाई हात बढाएर हात समातेर हिड्न आग्रह गरेको थियो तर निरुले मेरो लाजले होकी उसले हात समात्न अस्विकार गरी मेरो पाखुरामा आएर झुण्डिी । जे होस् त्यसदिन रमाइलो नै भयो । त्यसैदिन बेलुका अमर गइसकेपछि मैले जिस्क्याएको थिएँ निरुलाई के हो मेरो भाइ मन प¥यो कि क्या हो भन्दा उ हाँसी मात्र रहीन, केही पनि भनिन् । त्यसपछिको दिन फेरी त्यसैगरी बित्न थाले । यसै क्रममा निरुले एकदिन मलाई भनेकी थिइन् । “म अमरलाई मन पराउँछु ।” त्यस दिनको कुरालाई मैले त्यति सिरियसली लिइन तर उनलाई बुझ्दै जाँदा मलाई थाहा भयो कि निरु उसको मायामा पागल बनिसकी । त्यसैले मैले उनीहरुको भेट एउटा न एउटा बहाना गरेर धेरै चोटी भेट गराएँ । यस भेटमा मलाई पनि लाग्यो कि अमर पनि निरुलाई त्यति नै चाहान्छ । अमरलाई मैले जिस्क्याउदा उ हाँसेर यति मात्र भन्थ्यो त्यस्तो केही हैन । यसै क्रममा अमरको जाने दिन पनि आउँदै थियो । त्यसैले मैले निरुलाई अमरसँग प्रपोज राख्न आग्रह गरेँ । पहिले त उनी मानेकी थिइनन् तर पछि के सोची कुन्नी हुन्छ भनिन् । त्यसैले मैले अमरलाई घरमा नै बोलाएँ त्यसबेला निरुले भन्नै नसक्ने देखेर म आफैले निरुको हालत बताए तर मैले आश गरेकी थिइन कि उ बाट यस्तो जवाफ पाउँछु भनेर । जब उसले आफ्नो गलफ्रेन्ड क्यानडाकै भएको र निरुलाई एउटा असल साथीको रुपमा मात्र हेरेको भन्दा म झसङ्ग भएँ । निरुले यो कुरा सुन्नासाथ कोठाबाट उठेर गइहाली । म हे¥या हे¥यै भए केही भन्नै भ्याइन । त्यसदिन बेलुका भएकोले म उसलाई भेट्न गइन । फोन गर्दा उनले फोन पनि उठाइनन् भोली क्याम्पसमा भेट भइहाल्छ नि भनेर म चुप लागेर बसे । तर उनी क्याम्पस पनि आइनन् । त्यसैले म सिधै पढिसकेपछि उनी तर्फ गएँ । बच्चलाई स्कुल लानको लागि तयार गर्दै हुनुभएको उसको माइजुलाई देखेर मैले सोधेँ आन्टी आज निरु किन क्याम्पस नआएकी ? “खै हिजो टाउको दुख्यो भनेर सुत्नु भएको, खाना पनि खानुभएको छैन भन्दै बच्चा लिएर आन्टी स्कुल तर्फ लागेकोले म निरुलाई बोलाउँदै उनको कोठासम्म पुगेँ ।” निरु ! ए निरु.................! के भाकी तँ किन क्याम्पस नआएकी , फोन पनि उठाउदिनस् ? हैन केही भएको छैन, अलि टाउको दुखेको मात्र हो त्यसैले नआएको । मलाई थाहा छ तलाई अमरको कुराले असर पारेको छ । छोड्दे यस्ता कुरा लिएर मन दुखाउनु हुँदैन भने मैले उनलाई धेरै सम्झाउने कोशिस गरे तर उनी बुझेर हो वा नबुझेर चुप लागेर दलिन तर्फ हेरीरहिन् । उनलाई देख्दा यस्तो उनलाई आज म देखि झर्को लागेको छ । त्यसैले एक घण्टा पनि राम्रँेसँग नबसी म घर फर्के । त्यसैको तीन दिनपछि अमर पनि क्यानडा गयो । यस समयमा निरुसँग मेरो भेट त्यति भएन किनभने उनी कोठामै बसिरहन्थीन् । म गए भने पनि त्यति कुरा गर्दिनथिन् । खाली बोल्ने म मात्रै हुन्थेँ । त्यसैले उसकोमा जान म आफैले कम गरेकी थिए । तर आज एक हप्ता नै नवित्दै निरुले यस्तो गरी । म सोच्नै सक्दिन मलाई प्रेममा विश्वास छैन् त्यसैले यसबारे कहिल्यै गहिरिएर सोच्दिन । तर आज मलाई त्यस दिनको याद आउँछ जुन दिन मैले पत्रिकामा प्रेम सम्वन्धी परिभाषा पढ्दा भारतीय साहित्यकारले प्रेम सम्वन्धी परिभाषा दिदाँ यसरी कविता भनेकी थिइन् ।
लुगा फाटे सिउला बरु
आकाशै फाटे के गरु
लोग्ने मरे अर्को बिहे गरुला
तर प्रेमी मरे म कसरी बाँचू !
त्यसपछि मलाई कविताले हाँस उठेको थियो तर आज निरुले प्रेममै पागल भएर आत्माहत्या गरी । म यस्तै सोच्दै थिएँ । बहिनी नाइट ड्युटी गरेर लुगा पनि नफेरी मेरो कोठामा आएर चिठी दिदै भनी हिजो म अफिस जाँदा निरुको मामाको छोराले तँलाई दिनुभनेर यो चिठी दिएको थियो । उ गएपछि चिठी हेर्छु , खाममा कसैको पनि नाम छैन भित्र खोलेँ । हेर्छु त लेखिएको छ ः—
प्रिय चीना,
तिमीलाई धेरै माया छ । मैले तिमी जस्तो साथी पाउनु भाग्यमा लेखेर आउनुपर्छ । तर पनि आज म यो निष्ठुरी संसारबाट निराश भएर तिमीलाई सधैँको लागि छोडेर जादैंछु । हुन त तिमीले यो चिठी पाउँदासम्म म यो संसारबाट धेरै टाढा गइसकेकी हुनेछु । यो निष्ठुरी संसार भन्दा धेरै टाढा जहाँ मैले आफूले चाहेको व्यक्तिको माया पाउन सकिनँ ।
त्यसैले मैले यो संसार छोड्ने निश्चय गरे , तिमीलाई थाहा नै छ म कत्ति अमरलाई मन पराउछु भनेर मैले उसलाई आफ्नो मन मन्दिरमा लोग्ने मानिसकेकी थिए । यो पनि तिमीलाई थाहा छ कि हाम्रो हिन्दुनारीले एउटा व्यक्तिलाई मात्र आफ्नो लोग्ने मान्छे मान्छन् । जुन मैले अमरलाई माने ।
हुनत अमरको कुनै गल्ति छैन् । सायद उसले पनि अरु कसैलाई आफ्नो मन मन्दिरमा सजाएको होला । त्यसैले तिमीले अमरलाई केही नभन्नु है र उसँग नरिसाउनु पनि र उसलाई भेट्दा पहिलेको जस्तै व्यवहार गर्नु है ।
अरु के लेख्नु खै फेरी जन्म भएछ भने फेरी भेटौला ।
बाई
उही तिम्री अभागिनी
साथी निरु
निरु.......................... ! अनायासमै मेरो मुखबाट आवाज निष्कन्छ । आँखै देख्न नसक्ने गरी आशु बग्न थाल्छन् । सायद उसकै श्रद्धाञ्जलीका लागि बगे मेरा यी आशु ....................
प्रस्तुती:चिना थापा



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !