तिहारमा फुलको सङ्कट
http://sindhulidarpan.blogspot.com/2012/11/m-flower.html
दीपक राई,
भोजपुर कात्तीक २६ ।
भोजपुर कात्तीक २६ ।
तिहार आउन केही दिन बाँकी छँदा नै गाउँघरका सयपत्री तथा गोदावरी पूmल सुकेपछि यस पटकको तिहारमा फूलको सङ्कट देखापर्ने भएको छ । दसैँ आउनुभन्दा निकै अगाडिदेखि नै सयपत्री फूल फुलेपछि तिहार आउनु अगाडि नै सुकेको हो । यसपटकको दसैँ तिहार गएको वर्षको भन्दा निकै पछाडि सरेको कारण रोपेको फूल सुक्दै गएको भोजपुर अन्नपूर्ण ५ की सुशीला राईले बताउनुभयो । दसँै पछाडिको ठूलो चाड तिहारमा दिदी बहिनीहरुले आफ्ना दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीकाका साथ सयपत्री, मखमली तथा गोदावरी फूलका माला लगाईदिने गर्दछन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !