लागु औषध र पटाकासहित महोत्तरीमा दुईजना पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/11/mahottari_8.html
सन्तोष पोखरेल,
महोत्तरी,कात्तिक २३ ।
लागु औषध र पटाकासहित महोत्तरीमा गएराति दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिवास–७ बस्ने २२ वर्षीय प्रदीप कुसवाहा र २३ वर्षका विमल राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति महोत्तरीको पश्चिमवर्ती रघुनाथपुर सीमा नाका हुँदै भारतबाट लागुऔषध र पटाका ल्याइरहेका दुवैजनालाई रघुनाथपुर सीमामा चेक जाँचका लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !