ठेक्का तोडिएपछि मेलम्ची खानेपानी आयोजना क्षेत्र सुनसान




सिन्धुपाल्चोक, कात्तिक २५ ।

चिनिया कम्पनीसँगको ठेक्का तोडेपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न थालिएको क्षेत्र सुनसान भएको छ । सरकारले ठेक्का तोडेपछि चिनिया कम्पनीले सुरुङ खन्नेलगायतका सबैकाम रोकी कामदार फिर्ता लगेपछि आयोजना स्थल सुनसान भएको हो । आयोजनाको सुरुङ निर्माणका लागि हेलम्वुको अम्वाथान, ग्यालथुम, सिन्धुकोट र सुन्दरीजल गरी चार ठाउँवाट एकैचोटि सुरुङ खन्न थालिएको थियो । चिनिया कम्पनिले कामदार फिर्ता लगेपछि सुरुङ खन्ने काममा प्रयोग भएका उपकरणहरु अलपत्र छरिएर रहेका छन् । सामानको सुरक्षा अहिले सेनाले गरिरहेको छ । 

ठेक्का रद्ध भएपछि अधिकांस चिनिया कामदारले आयोजना स्थल छोडे पनि केहि चिनिया कामदार भने कामको पैसा नपाएको भन्दै आयोजना स्थलमा बसिरहेका छन् । त्याँहा बस्नेमा ४५ जना चिनिया कामदार छन् । सुरुङ निर्माण कार्य रोकिए पछि आयोजना स्थल भ्रमणका लागि आउन छाडेका छन् । निर्माण कार्य चलिरहँदा दैनिक सयौको संख्यामा  देशको विभिन्न स्थान वाट भ्रमण गर्न आउने गरेकोमा अहिले त्यो क्रम रोकिएको स्थानिय कृष्ण प्रसाद दुलालले बताउनुभयो ।


Related

राष्ट्रिय 6588689120879601343

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item