उमेर पुगेपछि मात्रै छोराछोरीको विवाह गरिदिने अभिभावकहरुको प्रतिबद्धता
http://sindhulidarpan.blogspot.com/2012/11/marriage.html
नवलपरासी,कात्तिक २४ ।
नवलपरासीको दुम्कीबास ७ बगुवनका स्थानीयबासिन्दाले आफ्नो छोराछोरीको विवाह २० वर्ष पुगेपछि मात्रै गरिदिने प्रतिबद्धता जनाएका छन् । सानो उमेरमा छोराछोरीको विवाह गरिदिदा उनीहरुमा शारिरीक तथा मानसिक समस्या देखिने गरेको थाहा पाएपछि अबदेखि उमेर पुगेपछि मात्रै विवाह गरिदिने अभिभावकहरुले बताएका हुन् ।
इन्द्रेणी समाज केन्द्र नवलपरासीले आयोजना गरेको स्थानीय सरोकारवालाहरुबीचको अन्तरक्रियाका सहभागीहरुलाई कम उमेरमा विवाह गर्दा उत्पन्न हुने समस्याका बारेमा जानकारी गराईएको थियो । सहभागि अभिभावकहरुले सामाजिक र सांस्कृतिक परम्पराका कारण १४। १५ बर्षमै छोराछोरीको विवाह हुने विवाह हुने गरेपनि अब देखि भने कम उमेरमा विवाह नगर्ने बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !