दोलखामा मासुको मूल्य निर्धारण
http://sindhulidarpan.blogspot.com/2012/11/meat.html
दोलखा,कात्तिक २४ ।
दोलखामा खसीको मुल्यमा भएको बृद्धि र राँगा भनेर भैँसीको मासु विक्री वितरण भएको गुनासो आएपछि जिल्ला पशु सेवा कार्यलय दोलखाले मासुको मुल्य निर्धारण गरेको छ । खसीको मासु प्रति बेजी आन्द्रा भुडी बाहेक ४ सय ४० रुपौयाँ, राँगाको प्रति केजी २ सय ३० रुपौयाँ यस्तै भैँसीको प्रति केजी २ सय रुपैया निर्धारण गरिएको छ । यस्तै भेडाको प्रति केजी ४ सय, बङ्गुर प्रतिकेजी २ सय रुपैया निर्धारण गरिएको छ भने खुल्ला ठाउँमा मासु विक्री वितरण गर्न रोक लगाईने भएको छ ।
दोलखामानै प्रयाप्त मासु खपत हुने भएपनि सम्बन्धित निकायले चासो नदिदा बाहिरी जिल्लामा निर्यात हुने गरेकाले गाउँमा गएर खसी लिदा महगो मरेकोले मुल्य बढाउन बाध्य भएको मासु व्यापारीहरुले बताएका थिए । जिल्ला पशु सेवा कार्यलय दोलखाका प्रमुख रामचन्द्र देवकोटाले अवबाट खुल्ला ठाउबाट मासु विक्रि वितरणमा रोक लगाउने, सफा पानी र मासु काटने उपकरणहरु राखेर मात्र मासु विक्री वितरण गर्न व्यापारीहरुलाई आग्रह गर्दै त्यसो नभए कार्वाहि गरीने बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !