नेपाली सेनाको रासन ठेक्कामा ६७ लाख रुपैयाँ अनियमितता
http://sindhulidarpan.blogspot.com/2012/11/nepal-army.html
मुगु,कात्तिक २१ ।
मुगुको रारामा रहेको नेपाली सेनाको झण्डै ५ करोड बराबरको रासन ठेक्कामा यो पटक मिलेमतो गरि ६७ लाख रकम बाँडिएको पाइएको छ । २ सय ३५ जना रहेको नेपाली सेनाको समरजित गुल्मका लागि हिजो खोलिएको ठेक्काका लागि विभिन्न ९ वटा सप्लायर्सहरुले टेण्डर दर्ता गराए पनि नेपाली सेना, ठेकेदारहरुको आपसी मिलेमतोमा हिमाली जडिबुटी एण्ड खाद्यन्न सप्लायर्सले ६७ लाख रकम बाँडेपछि ठेक्का उसैलाई दिईएको जनाइएको छ ।
टेण्डर दर्ता गराउन गुल्ममा पुगेका ३६ जना ठेकेदारहरुलाई ८८ हजारका दरले बाँडिएको छ । गत आर्थिक वर्ष सेनाको रासन ठेक्का लिएका ठेकेदार, गुल्म ठेक्का छनौट समिति तथ उच्च पदस्थ अधिकारीका लागि ३० लाख र टेण्डर खरिद गरेका तर दर्ता नगराएका गराएकाहरुलाई ३७ लाख ५० हजार बाँडिएको हो । आर्थिक वर्ष २०६४÷०६५ देखि अहिलेसम्मका सबै आर्थिक वर्षहरुमा नेपाली सेनाको रासन ठेक्कामा मिलेमतो हुँदै आएको छ ।
तर समरजित गुल्मका गुल्मपति नकुल थापाले यो पटक नौ वटा टेण्डर दर्ता भएको मध्य ६ वटा फिर्ता गरिएका र तिनवटा प्रतिस्पर्धामा जाँदा सबैभन्दा कम दर रहेको हिमाली जडिबुटि तथा खाद्यन्न सप्लायर्सलाई ठेक्का स्वीकृतिका लागि सिफारिस गर्ने गरि घटिघटाउमा छनौट गरिएको दाबी गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !