बजेटको संकटबाट देशलाई जोगाउनु पर्छ : प्रधानमन्त्री
http://sindhulidarpan.blogspot.com/2012/11/nepal.html
काठमाण्डौ,कात्तिक २३ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन बजेट अपरिहार्य भएको बताउनुभएको छ । आज राजधानीमा नेपाल पब्लिक क्याम्पस सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले पूर्ण बजेटको अभावमा मुलुक गम्भीर सङ्कटमा धकेलिन सक्ने भएकाले यसतर्फ सबै दल सचेत हुनुपर्ने बताउनुभयो ।
सङ्क्रमणको अवस्थामा रहेको मुलुकलाई वर्तमान राजनीतिक सङ्कटबाट जोगाउन समाजका सचेत वर्गले नेताहरुलाई सकारात्मक दबाब दिनुपर्ने प्रधानमन्त्री भट्टराइले बताउनुभयो । अर्को प्रसंगमा प्रधानमन्त्रीले पूर्व राजा आफ्नो हैसियत बिर्सेर सक्रिय हुन खोजिरहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिए पूर्व राजाका हैसियतले अहिले दिंदै आएका सुविधाहरु खोसिने चेतावनी पनि दिनुभयो ।
प्रधानमन्त्रीले पब्लिक क्याम्पसहरुले विश्वविद्यालयको माग गर्नु स्वाभाविक र सकारात्मक हो भन्दै सामुदायिक व्यवस्थापनमा सञ्चालित क्याम्पसहरुले उच्च शिक्षामा पु¥याएको योगदानको सरकारले सही मूल्याङ्कन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । कार्यक्रममा शिक्षामन्त्री दिनानाथ शर्माले शिक्षा मन्त्रालयका संरचनाहरुलाई समयानुकूल परिवर्तन गरेर लैजानुपर्ने आवश्यकता औँल्याउँदै पब्लिक क्याम्पसहरुले गरेको विश्वविद्यालयको मागलाई सरकारले पूरा गर्ने बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !