खोलामा विषादी प्रयोग गरी माछा मार्नेलाई कारवाहि गरिने
http://sindhulidarpan.blogspot.com/2012/11/news_10.html
कृष्ण अधिकारी,
सिन्धुली कार्तिक २५ ।
सिन्धुलीको झुगाँ सामुदायिक बन उपभोक्ता समुहले आफ्नो बन सिमाना भित्र पर्ने खोलामा बम पड्काएर तथा विषाँदी प्रयोग गरेर माछा मार्नेलाई कावाही गर्ने भएको छ । गाउँ नै आतंकीत हुनेगरी बम पड्काएर माछा मार्दा अप्रिय घटना हुन सक्ने तथा खोलामा विषाँदी प्रयोग भएको पानी पशुले खादा पशुलाई प्रत्यक्ष असर पर्ने भएकाले यस्तो कार्य रोक्न अभियान सुरु गरिएको वताइएको छ ।
![]() |
त्यस्तै विषादी प्रयोग गरी मारिएको माछा खादा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने र वातावरण प्रदुशण हुने भएको हुदाँ झुगाँका स्थानियवासीहरुको सक्रियतामा विषादी प्रयोग गरि माछा मार्ने जुनकुनै ब्यक्तिलाई कडाभन्दा कडा कावार्ही गरिने झुगाँ सामुदायिक बन समितिका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
अहिले भुगाँ सामुदायिक बन सिमाना भित्र पर्ने झुगाखोला तथा बराहिखोला भित्रपर्ने अन्य शाखा खोलामा समेत यस्तो कार्यमा रोक लगाइएउको छ । कलश युवाक्लव जोरसिमाल बराहिखोलाका युवाहरु र झुगाका स्थानियवासी हरुले बन क्षेत्रभित्रको खोलामा रातको समयमा संयुक्त गस्ती गरिरहेको समेत अध्यक्ष कार्कीले जानकारी दिनुयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !