मकावनपुरको कुलेखानी आयोजनाको जलाशय भरियो
http://sindhulidarpan.blogspot.com/2012/11/news_7.html
मकवानपुर,कात्तिक २२ ।
मकवानपुरको कुलेखानी जलपिद्युत आयोजनाको जलाशय इन्द्र सरोवर भरिएको छ । नेपाल विद्युत प्राधिकरणले दसैँ अघिबाटै कुलेखानी आयोजनाबाट विद्युत उत्पादनमा कटौती गर्दै आएको थियो । विद्युत उत्पादनमा जलाशयको पानी प्रयोगमा नल्याएपछि कात्तिम महिनामा जलाशय भरिएको हो । सरोबर क्षमताअनुसार भरिएकोले लोडसेडिङ कम गर्न सहयोग पुग्ने अनुमान गरिएको छ ।
जलाशय भरिएकोले बालुवा भरेर बोरा राखी थप केही पानी संकलन गर्ने तयारीमा रहेको आयोजनाले जनाएको छ । आयोजनाको जलाशयमा समुन्द्री सतहबाट एक हजार पाँचसय ३० मिटर उचाईसम्म पानी संकलन गर्न सकिन्छ । कुलेखानी जलाशयमा सोमबार मध्यान्हसम्ममा समुन्द्री सतहबाट एक हजार ५सय २९ दशमलव ९१ मिटर पानी संकलन भएको छ । अहिले पानी पर्ने क्रम रोकिएपनि जलाधार क्षेत्रका खोलाबाट पानी आउने क्रम रोकिएको छैन । सरोवर पूर्ण क्षमतामा भरिएमा यस वर्ष लोडसेडिङलाई दैनिक १८ घन्टाबाट घटाउन सकिने अपेक्षा गरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !