मधेशी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रिय अध्यक्षमा यादव



वीरगन्ज,कात्तिक २३ । 

मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रिय अध्यक्षमा राजकिशोर यादव चयन हुनुभएको छ । वीरगन्जमा गएराति अबेर सकिएको प्रथम महाधिवेशनले यादवको अध्यक्षतामा ५७ सदस्यीय केन्द्रिय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा सिताराम अग्रवाल तथा  महासचिवमा शशीकपुर मिया र एकबाल अहमद शाह चयन हुनुभएको छ । यसैगरि सचिवमा हेमन्त शर्मा र कोषाध्यक्षमा सविता यादवलाई चयन गरिएको छ ।
 वीरगन्ज नगरसभागृहमा गएराति सम्पन्न बन्द सत्रले ५७ सदस्यिय केन्द्रिय कार्य समिति सर्वसम्मतले चयन गरेको हो ।  

पार्टीका संस्थापक अध्यक्ष जेपी गुप्ता भ्रष्टाचारको अभियोगमा जेल परेपछि यादवले कार्यवाहक अध्यक्षको हैसियतमा पार्टीको नेतृत्व सम्हाल्दै आउनुभएको थियो । महाधिवेशनले पार्टीको ३१ सदस्यीय कार्यसमितिलाई विस्तार गरेर ५७ सदस्यीय बनाएको हो । गत मङगलबारदेखि बीरगन्जमा सुरु भएको तीन दिने महाधिवेशनको निर्धारित कार्यक्रमहरु पुरा भएकाले गएराति नै  महाधिवेशन सकिएको हो । यसअघि महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने घोषणा गरिएको थियो ।

Related

राष्ट्रिय 7670447899545290758

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item