काभ्रेमा दुई लाख नगदसहित ९२ जना जुवाडे पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/11/play-card.html
प्रकाश सुन्दास,
काभ्रे,कात्तिक २९ ।
काभ्रे प्रहरीले जिल्लाका विभिन्न भागबाट जुवा खेल्दै गरेका ९२ जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँचखालबाट सबैभन्दा बढी ४३ जना र पनौतीबाट ३२ जनालाई नियन्त्रयणमा लिएको हो । त्यस्तै जिल्लाको राणागाउँबाट १४ र कुप्सबाट ३ जनालाई पक्राउ गरिएको काभ्रेका प्रहरी निरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । जुवा खालबाट प्रहरीले दुई लाख, १६ हजार, ६ सय, ३५ रुपियौँ नगद बरामद गरेको छ । पक्राउ गरेका सबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ ।
यसैबीच प्रहरीले जिल्लाको धुलिखेल, बनेपा, पनौती, भकुण्डे, पाँचखाल, दोललाघाट लगायतका मूख्य–मूख्य बजार क्षेत्रमा जुवातास नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरेको छ । जुवातासकै कारण अप्रिय घटना हुन सक्ने भन्दै रोकथामका लागि प्रहरी परिचालन गरिएको काभ्रेका प्रहरी प्रमूख गीता उप्रेतीले जानकारी दिनुभयो । जुवा खेल्ने, खेलाउने र खेलेको हेर्नेलाई समेत प्रहरीले नछाड्ने प्रमूख उप्रेतीले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !