छिटो सहमति जुटाउन प्रचण्डलाई राष्ट्रपतिको फेरि आग्रह
http://sindhulidarpan.blogspot.com/2012/11/president.html
काठमाण्डौ,कात्तिक २४ ।
बजेटका सम्बन्धमा छिटो सहमति गर्न राष्ट्रपति डाक्टर रामवरण यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । आज बिहान शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपतिले अध्यक्ष प्रचण्डलाई यस्तो आग्रह गर्नुभएको हो । उहाँहरूबीच, राष्ट्रिय सहमति र बजेटलगायतका विषयमा पनि छलफल भएको थियो । दलहरू सहमति जुटाउन असफल बन्दै गएकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको शितलनिवास स्रोतले जनाएको छ ।
छलफलका क्रममा राष्ट्रपति यादवले मुख्य दलको हैसियतले सबै दलहरूसँग सकेसम्म सहमति जुटाउन प्रचण्डलाई आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले आफूले सहमतिको प्रयास जारी राखेको राष्ट्रपतिलाई बताएको जानकारी दिनुभयो । उहाँले सहमति भएपनि नभएपनि सरकारले बजेट प्रस्तुत गर्ने पनि बताउनुभयो । प्रतिपक्षी दलहरूले सहमति विनाको बजेट स्वीकृत नगर्न हिजो राष्ट्रपतिलाई लिखित आग्रह गरेपछि बजेट प्रकरण जटिल बन्दै गएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !