सुनसान बाटोमा वलत्कार



पाँचथर,  कात्तिक २१ ।
 पाँचथर जिल्लाको सदरमुकाम फिदिम नजिकै एक बालिका र अर्की किशोरीलाई जवर्जस्ती करणी गर्ने दुई युवक प्रहरी फन्दामा परेका छन् । सोमबार विहान रानीगाउँ तर्फ जाँदै गरे १४ बालिका र १७ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर दुई युवकले जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । जवर्जस्ती गर्नेमा रानीगाउँ–८ का जीवन सम्बाहाम्फे र मिलन सम्बाहाम्फे हुन् । दुवै जनालाई पक्राउ गरेर प्रहरीले करणी सम्बन्धी मुद्दा चलाएको छ ।

यासोक बजार घुमेर मोटरसाइकलबाट फिदिम आउँदै गरेका मिलन र जीवनले पैदल हिँड्दै गरेका उनीहरुलाई डर÷धम्की देखाएर जवर्जस्ती करणी गरेको प्रहरी नायव उपरीक्षक विनोद सिलवालले जानकारी दिए । पीडित पक्षको उजुरी पछि दुवै युवकलाई पक्राउ गरेर कानूनी कारबाही चलाईएको सिलवालको भनाई छ ।

Related

विविध 102921623123677056

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item