पूर्व सभासद श्रीमानलाई फसाउन श्रीमती लागीपरेको आरोप


काठमाडौ,  कार्तिक २७ ।
 एमाओवादीका पूर्व सभासद सफिक मियाँले नावालिका करणी गरी वेपत्ता बनाएको भनि आएको समाचारका स्वयम अपहरित बालिकाका आफन्तले खण्डन गरेका छन ।  केही दिन देखि वेपत्ता रहेकी मियाँको घरमा काम गर्ने बालिका शर्मिला क्षेत्रीकी आमा जानुका क्षेत्रीले रिपोर्टर्स क्लब नेपालमा आज  आयोजित पत्रकार सम्मेलनमा आफ्नी छोरीको अपहरण पूर्व सभासद मियाँले नभई स्थानीय वाईसीएल कार्यकर्ता सन्तोष क्षेत्री,  जुविधा र रसिद मियाँले गरेको बताउनुभयो । 

अपहरणमा परेर अहिलेसम्म बेपत्ता रहेकी बालिकाले आफूहरुलाई टेलिफोन गरेर पूर्व सभासद मियाँले नभई सन्तोष सहितका तीन जनाले गरेको जानकारी दिएको पत्रकार सम्मेलनमा गराउनुभएको हो । 
छोरी अपहरण विषयमा किटानी जाहेरी दिन जाँदा कास्की प्रहरी उपरिक्षकले तीन जनाको नाम हटाएर ल्याउन दवाव दिएर निवेदन समेत दर्ता नगरेको जानकारी दिदै अन्तमा आफुहरुले नाम हटाएर उजुरी गरेको जानकारी दिनुभयो ।

उनले आफ्नी छोरीको खोजीकोलागी आब्हान समेत गर्नुभयो । पत्रकार सम्मेलनमा पूर्व सभासद मियाँका छोराले बुबा बरान खाँनले  पोखरा एयरपोर्ट काण्डमा ५० लाख रुपैया माओवादीले खाएको  कुरा खुलासा गरे पछि प्रचण्ड पक्षधरहरुको दवामा घरमा काम गर्ने बालिकालाई बलात्कार गरेको आरोपमा फसाउन खोजेको दावी गरेका छन् । 
वुवा प्रधानमन्त्री पक्षको र आमा मुस्लिम आयोगको सदस्य समेत रहेकी जुविधा प्रचण्ड पक्षधर रहेको जानकारी दिदै आमा स्थानीय माओवादी नेतासँग लागेको थाहाँ पाएपछि घरमा झगडा भएको र सोही विषयलाई राजनीतिक रंग दिई बदनाम गर्न खोजिएको दावी पत्रकार सम्मेलनमा गरिएको थियो ।




Related

राष्ट्रिय 1100141938206008683

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item