‘जनजाति प्रावि’ आधारभूत शिक्षा लागु भएको विद्यालय





पोष्टराज पहाडी,
सिन्धुली,कात्तिक २२ । 
निपाने गाविसको माथिल्लो खुट्टेपानीमा रहेको श्री जनजाति प्रावि अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा लागु भएको विद्यालय घोषणा भएको छ । विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी  विद्यालयलाई अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा लागु भएको विद्यालय घोषणा गरिएको हो ।  

अविभावक, गाउँ शिक्षा समिति, शिक्षक र प्लान नेपालको संयुक्त प्रयासमा अनिवार्य तथा आधाभूत शिक्षा लागु गरिएको शिक्षक प्रकाश पौडेलले जानकारी दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गाविस सचिव धु्रव दाहाल, प्लान नेपालका प्रतिनिधी लगायत स्थानियको उपस्थिती  रहेको थियो ।

Related

विविध 1620521507579456066

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item