सिन्धुलीगढीमा आज विजयोत्सव मनाइदै
http://sindhulidarpan.blogspot.com/2012/11/sindhuligadhi-festival.html
सिन्धुली,कात्तिक २४ ।
ऐतिहासिक सिन्धुलीगढीमा आज विजयउत्सव मनाईदैछ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा कात्तिक २४ गते अर्थात आजकै दिन सिन्धुलगढीमा विजय उत्सव मनाईने गरिन्छ । वीर गोर्खाली फौज र सिन्धुलीवासीले अग्रेज फौजलाइ पराजित गरेको दिनको संझनामा विजयी उत्सव मनाइने भएको हो ।
सिन्धुलीगढी परिसरमा रहेको पौवागढीमा नेपालको झण्डा फहराएर विजय उत्सवको शुरुवात गरिने भएको छ । विसं १८२४ कात्तिक २४ नेपाली फौजको नेतृत्व सहित बंशु गुरुङ, श्रीहर्ष पन्त र बंशराज पाण्डे लगायतको टोलीले अग्रेज फौजलाइ सिन्धुलीगढीवाट परास्त गर्न सफल भएको विभिन्न शिलालेखमा उल्लेख गरिएको छ । विजयमहोत्सवमा मोटरसाइकल रयाली, लोपोन्मुख खैंजडी भजन, पञ्चेबाजा, नाचगानका साथमा राष्ट्रिय कलाकारहरुबाट हास्यव्यङग तथा लोकसंगित लगायतका विविध कार्यक्रम हुनेपनी आयोजकले जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !