सिन्धुलीगढीमा विजय उत्सव मनाइयो

ध्रुवचन्द्र खड्का/उमा पौडेल,
 सिन्धुली,कात्तिक २४ । 
नेपाल पत्रकार महासंघ सिन्धुली शाखा तथा जिल्ला विकास समिति सिन्धुलीको आयोजनामा आज सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा विजय उत्सव मनाइएको छ । नेपालीहरुले फिरंगीहरुलाई हराएर वियज हासिल गरेको दिनको सम्झनामा महासंघले २०६७ सालदेखि उत्सव मनाउन सूरु गरेको हो । 
पत्रकार महासंघ शाखाको नेतृत्वमा सिन्धुलीको लोकतान्त्रिक चौरबाट विहान ११ बजे नेपाली राष्ट्रिय झण्डा सहितको मोटरसाईकल तथा कार जिप ¥याली गढी पुगेको थियो । 

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष श्यामहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशब आचार्य, स्थानीय बिकास अधिकारी ध्रुब बहादुर खड्का, जिल्ला न्यायधिस हरिप्रसाद वगाले, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 
प्रमुख जिल्ला अधिकारी केशव आचार्य तथा जिल्ला न्यायधिस हरिप्रसाद वगालेले संयुक्त रुपमा नेपालको राष्ट्रियझण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला बिकास कार्यालय सिन्धुलीका कार्यक्रम अधिकृत सागर ढकालले ऐतिहासिक सिन्धुलीगढीको बिषयमा जानकारी गराउनुभएको थियो । त्यस्तै विजय उत्सवकै अवसरमा पत्रकार शेषराज दाहादद्धारा लिखित नेपालको राजनीतिक कथासंग्रह नामक पुस्तकको विमोचन समेत गरिएको थियो । 

विजय उत्सवमा परिवर्तन जागरण क्लवले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने कलाकार यादव देवकोटा सरापेको हाँस्यव्यंग्य प्रस्तुती रहेको थियो । महासंघको आव्हानमा विभिन्न व्यक्तिहरु विजय उत्सव सफल पार्न ऐतिहासिक सिन्धुलीगढी पुगेका थिए । 




Related

स्थानिय 8103737804776996703

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item