मासहिस्टोरिया नियन्त्रणमा नआउँदा विद्यालय बन्द हुँदै




सिन्धुपाल्चोक,कात्तिक २४ ।

सात महिनादेखि फैलिएको मासहिस्टोरिया नियन्त्रणमा नआउँदा सिन्धुपाल्चोकको एक विद्यालय आईतबारदेखि बन्द हुँदैछ । मांखा गाविसमा रहेको कुपकन्या माविमा दैनिक दशौ जना विद्यार्थी बिरामी हुन थालेपछि पठनपाठनमा समस्या परेकोले विद्यालय बन्द गर्न लागिएको विद्यालय प्रशासनले जानकारी दिएको छ । 

मासहिस्टोरियाका कारण हिजो थप दुईजना विद्यार्थी बिरामी हुँदा अहिलेसम्म ४० भन्दा बढि विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको छ । रोगको प्रकोप बढेपछि आईतबारबाट विद्यालय बन्द गरि मङ्सिर १ गते अभिभावक भेला गरिने र रोगका बारेमा जानकारी तथा परामर्श दिइने साथै जिल्ला शिक्षा कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पनि आवश्यक सहयोगका लागि अनुरोध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजहादुर पराजुलीले जानकारी दिनुभयो । 

Related

विविध 4445847945114505787

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item