आज कुकुरतिहार, लक्ष्मीपूजा विधिपूर्वक मनाइदै


काठमाण्डौ,कात्तिक २८ । 

हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत आज कुकुरतिहार, लक्ष्मी पूजा तथा दीपावली देशभरमा परम्परागत विधिपूर्वक रुपमा मनाइदैछ । तिथि घटबढका कारणले गर्दा आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको हो । यमपञ्चकभरि भगवान् विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभर यमराजाको साथै यमदूत तथा यमराजका सहायक अनुचरले समेत पूजा र सम्मान पाउने धार्मिक र पौराणिक मान्यताछ । यसै अनुसार आज यमराजको द्वारपाल मानिएको कुकुरलाई पूजा गर्ने र मीठो खानेकुरा खुवाउने गरिन्छ । कुकुरतिहारलाई नरक चतुदशी पनि भन्निछ । पौराणिक मान्यता अनुसार मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरस्मा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज बिहान तारा नअस्ताउँदै जलमा दीपप्रवाह गर्ने कार्यसमेत भयो ।

यसैबीच आज लक्ष्मिपूजाको अवसरमा मुलुकभरमा दिनभरी व्रत बसी बेलुकी दीपावलीको साथ धनधान्यकी देवी महालक्ष्मीको भक्तिपूर्वक पूजाआराधना गरिदैछ । आज घरकका झ्यालढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन, पिँढी, दलान, कोठाचोटा र छिंडी गाईको गोबरले लिपेर सफा र चिल्लो पारिन्छ । चामलको पीठोद्वारा लक्ष्मीको पाइलाको प्रतीक चिन्ह् बनाएर आँगनदेखि भण्डार वा ढुकुटीसम्म पु¥याइनन्छ र बेलुका त्यही पाइला टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन भन्न्े धार्मिक विश्वासका साथ देवी महालक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ । 

Related

राष्ट्रिय 4913543079385648826

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item